एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर सिटीले जर्मन क्लब बोरुसिया डर्टमुण्डलाई पराजित गरेको छ । बुधवार साति भएको क्वाटरफाइनलको दोस्रो लेग अन्तर्गतको खेलमा म्यानचेस्टर सिटले बोरुसियालाई २–१ गोल अन्तरले पराजित गर्यो । यो जितसंगै सिटीले जारी च्याम्पियन्सन लिग फुटबलको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।
बोरुसिया डर्टमुण्डलाई समग्रमा ४–२ ले पराजित गर्दै सिटीले अन्तिम चारमा स्थान पक्का गरेको हो ।
घरेलु मैदानमा भएको पहिलो लेगमा उसले डर्टमुण्डलाई २–१ ले नै पराजित गरेको थियो । बुधबार रातिको खेलमा १५औँ मिनेटमा बेलिन्घमको
गोलबाट डर्टमुण्डले अग्रता लियो ।
तर, ५५औँ मिनेटमा पाएको पेनाल्टीमा रियाद महरेजले सिटीका लागि बराबरी गोल गरे ।
७५औँ मिनेटमा जेम्स फोडिनले गोल गरेपछि सिटी २–१ ले विजयी भयो ।
अब हुने सेमिफाइनल खेलमा सिटीले पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग प्रतिस्पर्धा गर्नेछ ।