शुक्रबार, अशोज १२, २०८० | Friday 29th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • भारतमा एकैदिन थपिए करिब २ लाख कोरोना संक्रमित
भर्खरै

भारतमा एकैदिन थपिए करिब २ लाख कोरोना संक्रमित

  • सिधा दृष्टी बिहिबार, बैशाख २, २०७८ | April 15, 2021
Coronavirus on scientific background

एजेन्सी । भारतमा कोरोना भाइरसको संक्रमणले दैनिक रेकर्ड राख्ने क्र्म रोकिएको छैन् । पछिल्लो चौविस घण्टामा मात्रै भारतमा करिब दुई लाख कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एकै दिन संक्रमण पुष्टि भएको यो संख्या कोरोनाकाल सुरु भएयताकै सर्वाधिक धेरै हो ।

पछिल्लो २४ घण्टामा ‍१ लाख ९९ हजार ५ सय ६९ जनामा कोरोना भाइरसको संक्रमण भएको हो ।
यसअघि अघिल्लो दिन बुधबार मात्रै मा भारतमा अहिलेसम्मकै दोस्रो धेरै १ लाख ८५ हजार २ सय ४८ जनामा कोरोना भाइरसको

संक्रमण पुष्टि भएको थियो।

पछिल्लो पुष्टि भएको संख्या संगै भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड ४० लाख ७० हजार ८ सय ९० पुगेको छ भने १ करोड २४ लाख २६ हजार १ सय ४६ जना कोरोना संक्रमण मुक्त भएका छन् । त्यस्तै सक्रिय कोरोना संक्रमितको संख्या १४ लाख ७१ हजार ५ सय ९२ रहेको छ ।

यस्तै भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ७३ हजार १ सय ५२ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप १ हजार ३७ जनाको संक्रमणबाट मृत्यु भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय