मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा
भर्खरै

रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा

  • सिधा दृष्टी बिहिबार, बैशाख २, २०७८ | April 15, 2021

एजेन्सी । इंग्लिस क्लब लिभरपुललाई पराजित गर्दै स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति सम्पन्न क्वाटरफाइनलको दोस्रो लेगमा लिभरपुलसँग गोलरहित बराबरी खेल्दै रियल समग्रमा ३–१ को नतिजासहित अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

पहिलो लेगमा निकालेको ३–१ गोलको जित नै रियलका लागि सेमिफाइनल पुग्ने आधार बन्यो ।

एनफिल्डमा भएको दोस्रो लेगमा बल पोसेसनमा पकड जमाए पनि लिभरपुलले दोस्रो लेगमा गोल गर्न सकेन । जसको कारण लिभरपुल प्रतियोगिताबाट बाहिरियो ।

अब हुने सेमिफाइनल

खेलमा रियलले अर्को इंग्लिस क्लब चेल्सीसँग प्रतिस्पर्धा गर्ने छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय