बुधबार तिरण गरिएको पदकमा संसदबाट पारित
बुधबार तिरण गरिएको पदकमा संसदबाट पारित
भई प्रचलनमा ल्याइएको लिपुलेक र कालापानीसहितको नेपालको वास्तविक नक्सा अंकित पदक वितरण गरिएको छ । २०७७ सालमा लिम्पियाधुरा समेटिएको चुच्चे नक्सा पारित गरेको र २०७६ सालको पदकमा पूरानै नक्सा छापिन पुगेको जनाइएको छ ।
साथै, पदकमा नक्सा विषयमा नहुनको विषयमा गृह मन्त्रालयले सबैलाई स्पष्टीकरण दिइसकेको छ । कोरोनाका कारण रोकिएको पदक वितरण २०७६ सालको संविधान दिवसका अवसरमा घोषणा गरिएको थियो ।
राष्ट्रको विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरुलाई विभिन्न पदक वितरण गरिएको छ । विभूषण समितिको सिफारिसमा मानपदवीतर्फ महाउज्जवल राष्ट्रदीप प्रथम श्रेणीबाट दुई, सुप्रसिद्ध प्रबल जनसेवाश्री प्रथम श्रेणीबाट सात, उज्जल कीर्तिमय राष्ट्रदीप द्वितीय श्रेणीबाट एक, प्रसिद्ध जनसेवाश्री द्वितीय श्रेणीबाट एक, सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणीबाट नौ, सुप्रबल जनसेवाश्री तृतीयबाट ११२, कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणीबाट आठ, प्रबल जनसेवाश्री चतुर्थबाट २००, जनसेवाश्री प्रथमबाट १ सय १०, अलङ्कारतर्फ १ सय ५५ र पदकतर्फ २८ गरी ६३३ लाई विभूषित गरिने घोषणा भएको थियो ।
विभूषण ऐन, २०६४ को दफा ४ बमोजिम उपप्रधानमन्त्री र्ईश्वर पोखरेलको अध्यक्षतामा गृहमन्त्री रामबहादुर थापा, तोकिएका विज्ञ र गृहसचिव महेश्वर न्यौपाने सदस्यसचिव रहेको विभूषण समितिको बैठकले उक्त सिफारिस गरेको हो ।