शुक्रबार, अशोज १२, २०८० | Friday 29th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • कोरोना संक्रमित बढेपछि भारतको महाराष्ट्रमा कफ्यु
भर्खरै

कोरोना संक्रमित बढेपछि भारतको महाराष्ट्रमा कफ्यु

  • सिधा दृष्टी बुधबार, बैशाख १, २०७८ | April 14, 2021

काठमाडौँ । भारतको महाराष्ट्रमा आज (बुधवार)देखि कर्फ्यू जारी गरिएको छ । कोरोना संक्रमणको दर बढ्दै गएपछि आजदेखि लागूहुने गरि १५ दिनका लागि कर्फ्यू लगाईएको महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले बताएका छन् ।

मुख्यमन्त्री ठाकरेले महाराष्ट्रमा दैनिक १५ हजार भन्दा बढी कोराना संक्रमित थपिएपछि कर्फ्यु जारी गर्न बाध्य भएको बताए । कर्फ्यू अन्तर्गत राति ८ बजेदेखि बिहान ६ बजेसम्म सम्पूर्ण व्यापार व्यवसाय र भीडभाडयुक्त क्षेत्र बन्द रहने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । महाराष्ट्रका सम्पूर्ण शैक्षिक संस्थाहरु १५ दिनका लागि बन्द रहनेछन् ।

अस्पताल, खाद्यान्न पसल, बैंक तथा वित्तिय संस्था लगायतका अत्यावश्क सेवाहरुहरु भने खुला रहने जनाइएको छ । पछिल्लो समय भारत कोरोनाको हटस्पट बन्दै गएको छ । त्यहाँ दैनिक एक लाख भन्दा बढी संक्रमित भेटिन थालेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय