मङ्लबार, अशोज १६, २०८० | Tuesday 3rd October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • प्यूठान जीप दुर्घटना : मृतकको संख्या पाँच पुग्यो,मृत्यु हुने अधिकांश गुल्मीका
भर्खरै

प्यूठान जीप दुर्घटना : मृतकको संख्या पाँच पुग्यो,मृत्यु हुने अधिकांश गुल्मीका

  • सिधा दृष्टी बुधबार, बैशाख १, २०७८ | April 14, 2021

गुल्मी । प्युठानको स्वर्गद्वारी नजिकै भएको जीप दुर्घटनामा परी मृत्यु हुनेहरुको को संख्या ५ पुगेको छ । नयाँ वर्ष मनाउनका लागि जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत कर्मचारीलाई लिएर स्वर्गद्वारी जाँदै गरेको लु १ ज १६५५ नम्बरको जीप प्युठानको स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा दुर्घटना भएको हो । दुर्घटनमा ज्यान गुमाउनेहरु अधिकांश गुल्मीका छन् ।

दुर्घटनामा परी मृत्यु हुनेहरुमा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत स्याङजाका ३८ वर्षीय श्याम न्यौपाने, कम्प्युटर अपरेटर रेसुङ्गा नगरपालिका–७ का ३५ वर्षीय सूर्य पन्थी, मुद्दा शाखाका धुर्कोट–७ का

३६ वर्षीय ईश्वर भण्डारी, जीप चालक गुल्मीको मुसिकोट नगरपालिका–३ का २२ वर्षीय केशव कार्की, र २७ वर्षीय यमलाल पन्थी रहेको प्रहरीले जनाएको छ ।जीपमा जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी र उनीहरुको परिवारसहित १६ जना सवार थिए । र्दुघटनामा अन्य ११ जना घाइते छन् । ६ जना गंभीर घाइतेलाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ ।

जीप घुम्तीमा बसलाई ओभरटेक गर्ने क्रममा भीरबाट १५० मिटर तल खसेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

 

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय