काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ४ हजार २८९ पीसीआर परीक्षणमा ५ सय ८० जनामा संक्रमण देखिएको हो भने ४५१ जनाको एन्टिजेन्ट परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको हो ।
प्रवक्ता गौतमका अनुसार काठमाडौँ उपत्यकामा मात्रै २५४ जनामा कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंका १ सय ७३, ललितपुरका ६१ र भक्तपुरका २० जनामा संक्रमण देखिएको हो
।
हाल काठमाडौँ उपत्यकामा ८० जना आइसीयुमा रहेका छन् २५ जना भेन्टिलेटरमा रहेका छन् । मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमितको संख्या ४ हजार ५६ रहेको छ ।
यसैगरी २४ घण्टामा १२९ जना संक्रमित निको भएका छन् । हालसम्म कोरोना संक्रमण मुक्त हुनेका दर ९७.५ प्रतिशत पुगेको मन्त्रालयले जानकारी दिएको छ ।