काठमाडौं । चन्द्रागिरी नगरपालिका ११ स्थित सतुङगलमा आज देखि लोयल लाउन्ज सञ्चालमा आएको हो । नयां वर्षको अवसर पारेर सञ्चालमा आएको लाउन्जको नेपाली चलचित्रका सुपरस्टार भुवन केसीले उद्घाटन गर्नु भयो ।
चन्द्रागिरि कम्पेक्समा खुलेको लाउन्जमा लाईभ म्यूजिकको पनि व्यवस्था छ । शनिवार र शुक्रवार आउने ग्राहकले लाइभ म्यूजिकका साथ मनोरञ्जन लिन सक्ने सञ्चालक निरज प्रजापतिले जानकारी दिए । प्रजापति सहितका युवाहरुको लगानीमा
लाउन्ज खुलेको हो । लाउन्जमा बर्थडे पाटी लगायतका समारोहका लागि समेत सेवा उपलब्ध रहेको जानकारी दिएको छ ।
रोयल लाउन्ज चन्द्रागिरि नगरपालिका भित्रकै सबैभन्दा ठूलो लाउन्ज रहेको सञ्चालकको दाबी छ । युवा व्यवसायी निरज प्रजापति चन्द्रागिरि नगरपालिकाकै सफल व्यवसायी मध्ये एक हुन् ।