बिहिबार, अशोज ११, २०८० | Thursday 28th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • कोरोना महामारीका कारण शाहरुख, सलमान र प्रभासको पिल्म सुटिङमा रोक
भर्खरै

कोरोना महामारीका कारण शाहरुख, सलमान र प्रभासको पिल्म सुटिङमा रोक

  • सिधा दृष्टी बुधबार, बैशाख १, २०७८ | April 14, 2021

मुम्बई। कोरोनाको दोस्रो लहरले भारत पुनः लकडाउनको अवस्थामा पुगेको छ । कोरोना महामारीको इपीसेन्टर बनेको महाराष्ट्रमा कोरोना सम्बन्धी अत्यावश्यक मार्गनिर्देशिकासँगै मिनी लकडाउन गरिएको छ ।

बलिउड हंगामामा प्रकाशित समाचारअनुसार स्थानीय सरकारको यो निर्णयले मनोरञ्जन जगतको गतिमा ब्रेक लागेको छ । यहाँ थिएटरलाई पहिले नै बन्द गर्न निर्देशन दिइएको थियो । अब फिल्म र टेलिभिजन शोको सुटिङमा पनि कैयौं किसिमको रोक लगाइएको छ ।

यो निर्णयले ठूला बजेटका फिल्मको काम पनि आधामै रोकिएको छ । जसमा शाहरुख खानको ‘पठान’, प्रभासको ‘आदिपुरुष’

र ‘सलमान खानको ‘टाइगर ३’ छन् ।

यी तिन कलाकारको फिल्मको मुम्बईस्थित फिल्म सिटी स्टुडियोमा सुटिङ भइरहेको थियो ।

महाराष्ट्रमा धारा १४४ लगाइएको छ । जस अनुसार अत्यावश्यक कामबाहेक सबै कुरामा प्रतिबन्ध लगाइएको छ । ‘पठान’, ‘आदिपुरुष’ र ‘टाइगर ३’ को सुटिङ १५ दिनका लागि रोकिएको छ ।

शाहरुखको ‘पठान’को केही सेड्युलको सुटिङ पुरा भइसकेको छ । सलमानको ‘टाइगर ३’ गत महिनाबाट छायांकन सुरु गरिएको छ । त्यस्तै प्रभासको ‘आदिपुरुष’को सुटिङ सुरुवाती अवस्थामा नै थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय