काठमाडौं । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार कैलालीको लम्कीचुहा नगरपालिका-१ का ३७ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार राति ९स्५० बजे मृत्यु भएको हो ।
स्वास्थ्यमा समस्या आएपछि चैत ३० गते पीसीआर परीक्षण गरिएकोमा सोही दिन उनको रिपोर्ट पोजेटिभ आएको थियो । कोरोना संक्रमण पुष्टि भएसँगै भेरी अस्पतालको कोभिड विशेष वार्डमा भर्ना गरिएको उनको उपचारको क्रममा मंगलबार राति मृत्यु भएको उनले बताए ।
ओलीका अनुसार योसँगै बाँकेमा
बाहिरी जिल्लाबाट उपचारका लागि आएका ९२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।