शुक्रबार, अशोज १२, २०८० | Friday 29th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • प्यूठानमा जीप दुर्घटना, जिप्रका गुल्मीका प्रशासकीय अधिकृत सहित ३ को मृत्यु
भर्खरै

प्यूठानमा जीप दुर्घटना, जिप्रका गुल्मीका प्रशासकीय अधिकृत सहित ३ को मृत्यु

  • सिधा दृष्टी बुधबार, बैशाख १, २०७८ | April 14, 2021

प्यूठान । नयां वर्षको पहिलो दिन नै प्युठानमा जीप दुर्घटनामा परेको छ । स्वर्गद्धारी नगरपालिका १ रुमालेमा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ। जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत प्रशासकीय अधिकृत श्याम न्यौपाने, गाडी चालक र अर्का एकजनाको मृत्यु भएको हो ।

दुईजनाको पहिचान खुलेको छैन् । गाडीमा १४ जना सवार थिए । ११ जना घाइते भएका छन् । घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र भिंगृमा उपचार भइरहेको छ ।

उनीहरुलाई थप उपचारका लागि काठमाडौं लगिने भएको छ। घाइतेहरुलाई लैजान हेलिकोप्टर

मगाइएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए । प्रजिअ भुसालको समन्वयमा हेलिकोप्टर मगाइएको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय