सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • अमेरिकी सेनाले आगामी सेप्टेम्बर ११ सम्म अफगानिस्तान छाडिसक्ने
भर्खरै

अमेरिकी सेनाले आगामी सेप्टेम्बर ११ सम्म अफगानिस्तान छाडिसक्ने

  • सिधा दृष्टी बुधबार, बैशाख १, २०७८ | April 14, 2021

एजेन्सी । अमेरिकी सेनाले आगामी सेप्टेम्बर ११ सम्म अफगानीस्तान छाड्ने भएका छन् ।

रास्ट्रपति जो बाइडेनले अफगानिस्तानमा रहेका सबै अमेरिकी सैनिक सेप्टेम्बर ११ सम्म फिर्ता भइसक्ने घोषणा गरेका हुन् ।

पूर्वरास्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले मे १ सम्म सबै अमेरिकी सैनिक फिर्ता गर्ने निर्णय गरे पनि त्यो समयसीमामा सैनिक फिर्ता कठिन भएको राष्ट्रपति बाइडेनले बताए ।

आगामी सेप्टेम्बर ११ तारिखमा अमेरिकास्थित वर्ल्ड ट्रेड सेन्टर र पेन्टागनमा हमला भएको २० वर्ष पुग्दैछ।

अमेरिकामा आतंकबादी हमलापछिको २० बर्ष लामो युद्ध अन्त्य गर्न बाइडेनको

यो निर्णय विशेष भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।अफगानिस्तानमा करिब ३ हजार अमेरिकी सैनिक रहेको बताइन्छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय