सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • बिहानै देखि कालीगण्डकी नदी किनारमा स्नान गर्ने भक्तजनको घुइँचो
भर्खरै

बिहानै देखि कालीगण्डकी नदी किनारमा स्नान गर्ने भक्तजनको घुइँचो

  • सिधा दृष्टी बुधबार, बैशाख १, २०७८ | April 14, 2021
df3] ;ªqmflGt d]nfdf eQmhg bdf}nL, ! df3 M tgx’F, lrtjg / gjnk’/sf] ;ªud:yn b]j3f6df a’waf/ df3] ;ªqmflGt d]nf eg{ cfPsf eQmhg . df3];ªqmflGt d]nfdf b]j3f6df kfFr nfv eQmhg cfpg] cg’dfg ul/Psf] 5 . t:jL/ M s[i0f Gof}kfg]÷/f;;

पर्वत । सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने आजको दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति र वर्षको जेठो दिन ।

बिहानैदेखि पवित्र कालीगण्डकी नदीमा स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाको दोस्रो लहरको भाइरस सङ्क्रमणको जोखिमका बाबजुद कालीगण्डकी नदीका विभिन्न किनारमा स्नान गर्नेको घुइँचो बढेको हो ।

आजको दिन विशेष मेला लाग्ने पर्वत सदरमुकाम कुश्माबजार नजिकै रहेको मोदीबेनी तथा पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध सेतीवेणीधाम तथा जैमिनीघाट, पूर्तिघाट,

नयाँपुल, गोपाङघाट, राजाको बगर, गलेश्वरधाम, मिलनचोक, वारीवेनी, खनियाघाटलगायतका स्थानमा स्थानीयवासीको बिहानैदेखि बाक्लो सहभागिता देखिएको छ ।गत वर्ष कोरोनाका कारण रोकिएका छिमेकी जिल्ला स्याङ्जा, कास्की, तनहुँलगायतका जिल्लाबाट आउने भक्तालु यस वर्ष भने हिजैदेखि आएर बास बसेर बिहानैदेखि स्नान गर्न थालेका छन् ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय