शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • आइपीएलमा साविक विजेता मुम्बईको जित
भर्खरै

आइपीएलमा साविक विजेता मुम्बईको जित

  • सिधा दृष्टी बुधबार, बैशाख १, २०७८ | April 14, 2021

काठमाडौँ । साविक विजेता मुम्बईले जारी आईपीएलमा पहिलो जित निकालेको छ ।

चेन्नईमा मंगलबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई १० रनले पराजित गर्दै मुम्बईले पहिलो जित निकालेको हो ।

मुम्बईले दिएको १ सय ५३ रनको मध्यम लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कोलकाता २० ओभरमा ७ विकेट गुमाएर १ सय ४२ रनमा समेटियो ।

कोलकाताका नितिश रानाले ५७ रनको अर्धशतकीय इनिङ्स खेले पनि टिमलाई जित दिलाउन सकेनन् । यस्तै शुबनम गिलले ३३ रन जोड्दा कप्तान इयान मोर्गन ७ रनमा आउट भए

।मुम्बईका राहुल चाहरले ४ विकेट लिए । ट्रेण्ड बोल्टले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा अलआउट हुँदै १ सय ५२ रन बनाएको थियो ।

मुम्बईका लागि सुर्य कुमार यादवले ५६ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ३६ बलमा ७ चौका र २ छक्का प्रहार गरे ।जितसँगै मुम्बईले २ खेलमा २ अंक जोडेको छ । मुम्बई पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरसँग २ विकेटले पराजित भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय