सोमवार, जेष्ठ २२, २०८० | Monday 5th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • नयां वर्षले नयाँ समन्वयन र समझदारी कामय गर्न सकोस् सभामुख सापकोटा
भर्खरै

नयां वर्षले नयाँ समन्वयन र समझदारी कामय गर्न सकोस् सभामुख सापकोटा

  • सिधा दृष्टी बुधबार, बैशाख १, २०७८ | April 14, 2021

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक दलहरूबीच नयाँ वर्ष प्रारम्भसँगै नयाँ समन्वय र समझदारी कायम हुने अपेक्षा गरेका छन् ।

नयाँ वर्ष २०७८ को अवसरमा आज एक शुभकामना सन्देश दिँदै सभामुख सापकोटाले भनेका छन्, “सकारात्मक परिवर्तनका लागि आपसी सहकार्य र सहमतिले मात्र मुलुकलाई अगाडि बढाउन सहज हुने विश्वास लिएको छु ।”अग्रगामी निकासका लागि हाम्राबीचमा दृढ संकल्प आवश्यक रहेको भन्दै सभामुखले प्रतिबद्धताहरू व्यवहारमा देखिए मात्रै विश्वासको आधारशिला तयार हुने बताएका छन् ।

उनले संसद्लाई जीवन्त र जनमुखी बनाउन सङ्घीय संसद्को नेतृत्वको

हैसियतले सबैखाले पहल र प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सन्देशमा उनले भनेका छन्, “हामीले मानव सभ्यता र अस्तित्वलाई नै चुनौती खडा हुने गरी फैलिएको कोभिड–१९ को महामारी, ठूला ठूला प्राकृतिक विपत्ति र संवैधानिक सङ्कट ब्योहोरेर विक्रम सम्वत् २०७७ साललाई बिदा गरेका छौँ ।”

सङ्कट अझै टरेको छैन भन्दै सभामुखले हामीले गत वर्षभन्दा अझ बढी सजक र सतर्क भएर अघि बढ्नुपर्ने अवस्था रहेको तथा महामारीविरुद्ध सङ्घर्ष जारी रहेको स्पष्ट पारेका छन् । उनले सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि अधिक पूर्वतयारी गर्नुपर्नेमा जोड दिएका छन् ।सभामुखले संविधान सभामार्फत नयाँ संविधान जारी भएपछि हामी यसको कार्यान्वयनको चरणमा रहेको र संविधानको मर्म, भावनाअनुसार गर्नुपर्ने धेरै काम बाँकी नै छन् भनेका छन् ।

उनले विधि र नीतिको सर्वोपरितालाई स्वीकार्ने संस्कार विकासमा अभिप्रेरित हुँदै दलहरूभित्र विधिलाई लोकतान्त्रिक, पारदर्शी बनाउने संस्कृति स्थापित गर्ने प्रयास निरन्तर भइरहने छ भन्ने आशा व्यक्त गरेका छन् ।

सभामुखले अनुशासित भएर कोभिड–१९ लाई जित्ने प्रणसहित शुभकामना आदानप्रदान गरेर नयाँ वर्ष मनाउन सबैलाई आग्रह गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय