मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • पीएसजी च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा
भर्खरै

पीएसजी च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा

  • सिधा दृष्टी बुधबार, बैशाख १, २०७८ | April 14, 2021

काठमाडौँ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति क्वाटरफाइनलको दोस्रो लेगमा जर्मन क्लब बायर्न म्युनिखसँग भएको खेलमा पीएसजी १-० ले पराजित भए पनि अन्तिम चारमा पुगेको हो ।

पिहलो लेगकोसमेत गोलका आधारमा समग्रमा ३-३ गोलको बराबरी भएपछि अवे गोलको आधारमा पीएसजी सेमिफाइनलमा पुगेको हो ।

पीएसजीले पहिलो लेगमा साविक विजेता बायर्नलाई ३-२ ले हराएको थियो । पीएसजीको मैदानमा बायर्नलाई जित दिलाउन एरिक म्याक्सिम चौपो मोटीङले निर्णायक गोल गरे ।उनले खेलको

४०औँ मिनेटमा गोल गरेका थिए । तर, उनको गोलले बायर्नलाई अन्तिम चारमा पुर्‍याउन सकेन ।

पीएसजी लगातार दोस्रो सिजन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय