काठमाडौँ । दक्षिणी छिमेकी देश भारतमा कोरोना भाइरसको संक्रमणमा नयाँ रेकर्ड कायम भएको छ ।
पछिल्लो २४ घण्टामा थप १ लाख ८५ हजार २ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भारतमा २४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या अहिलेसम्मकै धेरै हो ।
यसअघि आइतबार मा भारतमा अहिलेसम्मकै दोस्रो धेरै १ लाख ६९ हजार ८ सय ९९ जनामा संक्रमण पुष्टि भएको छ ।पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड ३८ लाख ७१ हजार ३२१ पुगेको छ ।
यो समाचार तयार पार्दासम्म भारतमा १ करोड २३ लाख ३२ हजार ६८८ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या १३ लाख ६६ हजार ५१८ छ ।
यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ७२ हजार ११५ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप १०२६ जनाको मृत्यु भएको छ ।