सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • आजबाट नयां वर्ष २०७८ प्रारम्भ, कोरोना महामारीका बीच मनाईँदै
भर्खरै

आजबाट नयां वर्ष २०७८ प्रारम्भ, कोरोना महामारीका बीच मनाईँदै

  • सिधा दृष्टी बुधबार, बैशाख १, २०७८ | April 14, 2021

काठमाडौं । आजबाट बिक्रम संवत् २०७८ को नयाँ वर्ष शुरु भएको छ । वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालीले एकापसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् ।

गत वर्ष गरेका कामको सफलताअसफलता मूल्यांकन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं संकल्प गर्ने दिनको रुपमा पनि नयाँ वर्षलाई लिने गरिन्छ ।

गत वर्ष बन्दाबन्दीका कारण घुमफिर गर्न नपाएका नेपाली यस वर्ष भने पर्यटकीय क्षेत्रमा पुगेका छन् । पोखरा, सौराहा, धुलिखेल, नगरकोटलगायत स्थानमा नयाँ वर्ष मनाउन पुगेकाहरु

देखिन्छन् ।

नयाँ वर्षको पहिलो दिन काठमाडौं उपत्यकाका मन्दिरहरुमा पूजा गर्नेहरु पनि उल्लेख्य देखिन्छन् ।

यस वर्ष पनि कोरोना संक्रमणको जोखिम कायमै रहेकाले सरकारले स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गरी नयाँ वर्ष मनाउन सबैलाई अनुरोध गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय