शुक्रबार, अशोज १२, २०८० | Friday 29th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • नेप्सेले हाल सम्मकै उच्च विन्दुमा पुगेर रेकर्ड राख्यो
भर्खरै

नेप्सेले हाल सम्मकै उच्च विन्दुमा पुगेर रेकर्ड राख्यो

  • सिधा दृष्टी मङ्लबार, चैत्र ३१, २०७७ | April 13, 2021

काठमाडौँ । शेयर बजार परिसूचक नेप्सेले आज नयाँ रेकर्ड कायम गरेको छ ।

वर्षको अन्तिम दिन आज नेप्से २३।२३ अंकले बढेर अहिलेसम्मकै उच्च विन्दु २७१४.७९ अंकमा पुगेको हो। आज सेन्सेटिभ इन्डेक्स पनि ५.९९ अंकले बढेर ४८६.२८ विन्दुमा पुगेको छ ।

यसअघि सोमवार (हिजो) १७.२० अंकले बढेर नेप्से २६९१.५५ विन्दुमा पुगेको थियो ।

नेप्से परिसूचक अनुसार २०९ कम्पनीको ७६ हजार ९४ पटक कारोबार भएर ७ अर्ब १४ करोड ३१ लाख ५१ हजार रुपैयाँ बराबरको १ करोड ४६ लाख ९१ हजार ६

सय ४३ कित्ता शेयर खरिद विक्रीभएको छ ।

आज ६ उपसमूहको परिसूचक बढेका छन् भने सात समूहको नेप्से सूचक घटेका छन् । आज सबैभन्दा बढी नबिल बैंकको कारोबार भएको छ । बैंकको २८ करोड ६२ लाख भन्दा धेरैको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज एनआईसी एसिया लघुवित्त वित्तीय संस्था, माउन्टेन इनर्जी नेपाल, ज्योति लाइफ, सिन्धु विकास बैंक र छ्याङ्दी हाइड्रोपावरको शेयर झण्डै १० प्रतिशतले बढेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय