गुल्मीमा खोलामा डुबेर दुईजना बालकको ज्यान गएको छ ।बलकहरुको नुहाउने क्रममा डुबेर ज्यान गएको जनाइएको छ । प्रहरीका अनुसार गुल्मीको मदाने गाउँपालिका ३ सिर्सेनीमा दुई जना बालकको खोलामा डुबेर ज्यानको छ ।
मदाने गाउँपालिका–१ अग्लुङका ५ बर्षका सुमन विक र प्युठान गौमुखी गाउँपालिका–५ खुँगका ८ बर्षका गोविन्द विकको खोलामा डुबेर मृत्यु भएको हो ।
नुहाउने क्रममा पानिमा डुबि बेहोस अवस्थामा आफन्तले फेला पारी उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र पुर्कोटदह गुल्मिमा उपचारको लागि ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले बताएको
छ ।