बुधबार, अशोज १०, २०८० | Wednesday 27th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • Uncategorized
  • कोरोना संक्रमणबाट थप पाँचको मृत्यु, देशभर संक्रमित संख्या २,८०,९८४
Uncategorized

कोरोना संक्रमणबाट थप पाँचको मृत्यु, देशभर संक्रमित संख्या २,८०,९८४

  • सिधा दृष्टी मङ्लबार, चैत्र ३१, २०७७ | April 13, 2021

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणका कारण थप पाँच जनाको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३,०५८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ४६० जना संक्रमित थपिएका छन् । यससँगै संक्रमितको कुल संख्या २,८०,९८४ पुगेको छ । मंगलबार काठमाडौं उपत्यकामा थप २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौंका १६१, ललितपुरका २८ तथा भक्तपुरका १२ जनामा संक्रमण पुष्टि भएको हो ।

बताइएअनुसार हालसम्म संक्रमणमुक्त भइ डिस्चार्ज हुनेको

संख्या २,७४,३१८ पुगेको छ भने हाल देशभर ३,६०८ जना सक्रिय संक्रमित रहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय