काठमाडौं । वीरगञ्जमा थप एकजना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका(३ प्रगतिनगरका ६२ वर्षीय पुरुषको मृत्यु भएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि तीन दिनअघि नारायणी अस्पतालमा भर्ना भएका उनको आज मंगलबार बिहान ८ः२० बजे मृत्यु भएको हो ।एक महिनाअघि नयाँ दिल्लीमा छोरालाई भेट्न गएका उनी केही दिनअघि मात्रै नेपाल फर्किएका थिए ।
श्वासप्रश्वासमा समस्यामा हुनुका साथै खोकी र ज्वरो देखिएपछि उनी अस्पताल भर्ना भएका थिए ।
बाराका एकजना कोरोना संक्रमितको पनि आजै बिहान ३ बजे नै वीरगञ्जस्थित
नारायणी अस्पतालमै मृत्यु भएको छ ।