बुधबार, अशोज १७, २०८० | Wednesday 4th October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • दोलखामा बोलेरो दुर्घटना, चारको मृत्यु १८ घाइते
भर्खरै

दोलखामा बोलेरो दुर्घटना, चारको मृत्यु १८ घाइते

  • सिधा दृष्टी मङ्लबार, चैत्र ३१, २०७७ | April 13, 2021

दोलखाको बिगु गाउँपालिका-४ मा बोलेरो गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १८ घाइते भएका छन् ।

दोलखाको सिङ्गटीबाट बिगु गाउँपालिका-४ बुलुङ जाने क्रममा वा ३०१२३ च ७५८० नम्बरको बोलेरो गाडी गएराति १० बजेको समयमा दुर्घटना भएको दोलखाका प्रहरी प्रमुख भेषराज रिजालले जानकारी दिए ।

मृत्यु हुनेमा बिगु गाउँपालिका-३ बुलुङका ३५ वर्षीय विनोद केसी, ५२ वर्षीया राधा खड्का, २४ वर्षीया चण्डिका थापा र ४५ वर्षीया अजिता खत्री रहेका छन् ।

सो दुर्घटनामा परी वडाध्यक्षसहित १८ जना

घाइते भएका छन् । घाइतेहरुको काठमाडौंको बिएण्डबी, ट्रमा सेन्टर र धुलिखेल अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय