सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • अश्वेत युवक मारिएपछि अमेरिकाका दुई शहरमा तनाव
भर्खरै

अश्वेत युवक मारिएपछि अमेरिकाका दुई शहरमा तनाव

  • सिधा दृष्टी मङ्लबार, चैत्र ३१, २०७७ | April 13, 2021

काठमाडौँ । ट्राफिक नियम उल्लंघन गरेको आरोपमा प्रहरीको गोली लागी एक अश्वेत युवक मारिएपछि अमेरिकाका दुई शहरमा तनाव भएको छ ।

मिनसोटाको ब्रुकलिन सेन्टरमा २० वर्षीय युवक दन्ते राइटलाई ट्राफिक नियम उल्लंघनको आरोपमा गत आइतबार प्रहरीले कारबाट बाहिर निकालेर हतकडी लगाउन खोज्दा बढेको विवादमा गोली चलाउँदा ती युवकको मृत्यु भएको थियो ।

सो घटनालगत्तै भएका प्रदर्शनले उग्र रूप लिएपछि अमेरिकाका दुई शहर मिनियापलिस र सेन्ट पलमा रात्रिकालीन कर्फ्यू लगाइएको बीबीसीले जनाएको छ ।

समाचार संस्था रोयटर्सका अनुसार प्रहरीले दङ्गा रोक्ने

प्रयासमा अश्रुग्यास र बेहोस पार्ने ग्रिनेड प्रहार गरेको छ ।त्यसक्रममा प्रदर्शनकारीले कतिपय प्रहरीका सवारीसाधनमा ढुङ्गामुढा पनि हानेका थिए । त्यहाँ लुटपाट पनि मच्चिएको विवरणहरू सार्वजनिक भएको छ ।

राष्ट्रपति जो बाइडनले उक्त गोली प्रहार दुखद भएको भन्दै प्रदर्शन रोक्न आग्रह गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय