आइतवार, जेष्ठ २१, २०८० | Sunday 4th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • शिक्षकमा संक्रमण देखिएपछि कालिका मानव ज्ञान माविमा पठनपाठन बन्द
भर्खरै

शिक्षकमा संक्रमण देखिएपछि कालिका मानव ज्ञान माविमा पठनपाठन बन्द

  • सिधा दृष्टी सोमवार, चैत्र ३०, २०७७ | April 12, 2021

शिक्षकहरुमा कोरोना संक्रमण देखिएपछि नेपालकै धेरै विद्यार्थी भएको बुटवलको कालिका मानवज्ञान माविको पठनपाठन तीन दिनका लागि बन्द गरिएको छ ।

विद्यालयका ७ जना शिक्षकमा कोरोना संक्रमण देखिएपछि बैशाख २ गतेसम्मको लागि विद्यालयको पठनपाठन बन्द गरिएको प्रधानाध्यापक विष्णुहरि ज्ञवालीले बताए ।

संक्रमित शिक्षकहरु आइसोलेसनमा बसेका र अनलाइनमार्फत पठनपाठन सञ्चालन भइरहेको ज्ञवालीले बताए । विद्यालयमा चार हजार बढी विद्यार्थी अध्ययनरत छन् ।

पूर्व

निर्धारित परीक्षा भने स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर यथावत सञ्चालन रहने विद्यालयले जनाएको छ ।

यसैबीच सोमबार रुपन्देहीमा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये बुटवल उपमहानगरपालिकाका सबैभन्दा धेरै १६ जना छन् । यस्तै सिद्धार्थनगर नगरपालिकाका ५ जना,तिलोत्तमा नगरपालिकाका ६ जना,मर्चवारीका १ जना र सैनामैनाका २ जनामा संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख राजेन्द्र गिरीले बताए ।

सोमबारको समेत गरी पछिल्लो एक हप्तामा रुपन्देहीमा कोरोना संक्रमितको संख्या १ सय २४ पुगेको गिरीले बताए । सोमबार मात्रै बुटवल कोरोना विशेष अस्पतालमा भर्ना भएका ३ जना संक्रमितको मृत्यु भएको थियो । यसपटक विद्यालय, कलेजका बालबालिका र युवामा पनि संक्रमण बढी मात्रामा देखिएको गिरीले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय