आइतवार, जेष्ठ २१, २०८० | Sunday 4th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • करेन्ट लागेर हेटौँडामा दम्पत्तीको मृत्यु
भर्खरै

करेन्ट लागेर हेटौँडामा दम्पत्तीको मृत्यु

  • सिधा दृष्टी सोमवार, चैत्र ३०, २०७७ | April 12, 2021

मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका-९ शान्तिचोकमा आज बिहान करेन्ट लागेर एक दम्पत्तीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय समीर पाख्रिन र उनकी श्रीमती ३० वर्षीया अन्सु पाख्रिन रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी नायब उपरीक्षक (प्रवक्ता) जयश्वर रिमालले बताएका छन् ।

प्रहरीका अनुसार बिहान ९ बजे पाख्रिन दम्पतीले आफ्नो घरको मिटर बक्समा झोलिएको तारलाई फलामको डण्डीले उठाउन खोज्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनीहरुको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

मृतक दम्पतीको शव

हाल हेटौँडा अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय