शुक्रबार, अशोज १२, २०८० | Friday 29th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • ट्राफिक प्रहरीद्वारा कोरोनाविरुद्ध सचेतना अभियान शुरु
भर्खरै

ट्राफिक प्रहरीद्वारा कोरोनाविरुद्ध सचेतना अभियान शुरु

  • सिधा दृष्टी सोमवार, चैत्र ३०, २०७७ | April 12, 2021

विश्वमा फैलिँदै गएको दोस्रो चरणको कोभिड-१९ सङ्क्रमणलाई ध्यानमा राखेर ट्राफिक प्रहरीले सचेतना अभियान शुरु गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सहकार्यमा आजदेखि कोरोना भाइरस रोकथाम तथा सुरक्षित बनाउनका लागि जनचेतनामूलक अभियान शुरु गरेको हो ।

‘ट्राफिक प्रहरीको चाहना, स्वस्थ्य र सकुशल यात्राको कामना’ भन्ने मूल नाराका साथ शुरु गरिएको कार्यक्रममा बोल्दै महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले विश्वमा नै महामारीको रूपमा फैलिरहेको कोभिड-१९ विरूद्ध समयमै सजगता र सचेतना फैलाउन जनचेतनामूलक अभियान सञ्चालन गरिएको

जानकारी दिए । यातायात क्षेत्र कोभिड–१९ बाट उच्च जोखिममा रहेको छ, यस क्षेत्रमा बेलैमा सावधानी अपनाएर मात्र चलायमान बनाउनुपर्ने उनको भनाइ छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले कोरोनाबाट बच्नका लागि यातायात क्षेत्रका मजदूरले स्वास्थ्य सतर्कता अपनाउनुपर्ने बताउनुभयो । महासङ्घका महासचिव पूण्यप्रसाद (सरोज) सिटौलाले बसभित्र बढी भीडभाड नगरी चालक, सहचालक र यात्रुले अनिवार्य रुपमा माक्स र सेनिटाइजर प्रयोग गरे मात्र सार्वजनिक यातायातमा कोरोना फैलिने क्रममा कमी आउने उल्लेख गरे ।

कार्यक्रममा सार्वजनिक यातायातका साधनमा कोरोना भाइरस सचेतनामूलक स्टिकर टाँस्नुका साथै चालक, सहचालक र यात्रुलाई माक्स वितरण गरिएको थियो । सोही कार्यक्रममा सम्पूर्ण चालक सहचालक तथा यात्रुले अनिवार्य रूपमा मास्क लगाई भौतिक दूरी कायम गरी सवारी साधनको प्रयोग गर्न महाशाखाले विशेष अनुरोधसमेत गरेको छ । महाशाखाले आगामी दिनमा कोरोना भाइरसबाट चालक, सहचालक र यात्रुमाथि हुने जोखिमलाई मध्यनजर गर्दै बढी भीडभाड हुने स्थानमा नागरिक सचेतना जगाउने जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय