सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • बुटवलमा उपचाररत ३ कोरोना संक्रमितको मृत्यु
भर्खरै

बुटवलमा उपचाररत ३ कोरोना संक्रमितको मृत्यु

  • सिधा दृष्टी सोमवार, चैत्र ३०, २०७७ | April 12, 2021

बुटवलको कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका तीन बिरामीको मृत्यु भएको छ। रामनगरस्थित बुटवल धागो कारखानामा रहेको अस्पतालमा उनीहरुको आइसियुमा उपचार भइरहेको थियो।

अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ५ निवासी ७९ वर्षीया महिला, रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १ की ७१ वर्षीया महिला र कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ३ का पुरुषको मृत्यु भएको हो।

अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार तीनै जनाको सोमबार बिहान निधन भएको हो। तिलोत्तमाकी महिलामा चैत २३ गते अस्पतालमा भर्ना भएकी थिइन्। उनमा निमोनिया, दम

र ज्वरो देखिएको थियो।

कपिलवस्तुका पुरुष र अर्घाखाँचीकी महिला चैत २७ गते अस्पतालमा भर्ना भएका थिए। उनीहरुमा दम ज्वरो र निमोनिया देखिएको थियो। पुरुषमा मधुमेह समेत रहेको थियो।

केही समय सुनसान बनेको बुटवलको कोरोना विशेष अस्पतालमा अहिले बिरामी बढ्दै गएका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय