काठमाडौं । आज देशका पहाडी क्षेत्रका एक दुई स्थानमा अपरान्हपछि मेघगर्जन –चट्टयाङ्ग सहित वर्षाको संभावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाले स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जानकारी दिँदै एक दुई स्थानमा क्षणिक वर्षा हुने जानकारी दिएको हो । देशका अधिकांश भू–भागमा आंशिक देखि सामान्य बदली रहेको महाशाखाको भनाइ छ ।
देशका धेरै स्थानहरुमा तुँवालोले ढाकेको पनि महाशाखाले जानकारी दिएको छ ।
यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान
चैत्र ३० गते (सोमवार)
दिउँसोः सुदुरपश्चिम प्रदेश लगायत
देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ।देशका पहाडी भू–भागका थोरै स्थानहरुमा अपरान्ह पछि मेघगर्जन–चट्टयाङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ। देशका केहि भू–भागमा तुँवालोको असर रहने छ।
रातीः देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।
चैत्र ३१ गते (मंगलवार)
दिउँसोः देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ। पहाडी भू–भागका एक–दुई स्थानमा अपरान्ह पछि मेघगर्जन–चट्टयाङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
रातीः देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।
२०७८ बैशाख १ गते (बुधबार)
दिउँसोः सुदुपश्चिम, कर्णाली, र गण्डकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ। पहाडी भू–भागका एक–दुई स्थानमा अपरान्ह पछि मेघगर्जन–चट्टयाङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
रातीः देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।