सोमवार, जेष्ठ २२, २०८० | Monday 5th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • आइपीएलमा कोलकोत्ताको विजयी सुरुवात, हैदराबाद १० रनले पराजित
भर्खरै

आइपीएलमा कोलकोत्ताको विजयी सुरुवात, हैदराबाद १० रनले पराजित

  • सिधा दृष्टी सोमवार, चैत्र ३०, २०७७ | April 12, 2021

एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपीएल) मा कोलकाता नाइट राइडर्सले विजयी शुरूवात गरेको छ ।

आइतबार राति सम्पन्न भएको खेलमा कोलकाताले सनराइजर्स हैदराबादलाई १० रनले पराजित गर्दै विजयी शुरूवात गरेको हो ।

जितको लागि १ सय ८८ रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७७ रन बनायो ।

हैदराबादका मनिष पाण्डे ४४ बलमा २ चौका र ३ छक्का ६१ रनमा अविजित रहे पनि जितका लागि पर्याप्त रहेन ।त्यसअघि चेन्नईमा टस हारेर ब्याटिङ थालेको कोलकताले

निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८७ रन बनाएको थियो ।

कोलकाता ओपनर नितेश रानाले ५६ बलमा ९ चौका र ४ छक्कासहित सर्वाधिक ८० रनको योगदान दिए ।

कोलकाताले आफ्नो दोस्रो खेल मंगलबार मुम्बईसँग खेल्ने छ भने हैदराबादले रोयल च्यालेन्जर्स बेंगलोरसँग बुधबार खेल्ने छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय