बुधबार, अशोज १७, २०८० | Wednesday 4th October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • म्यान्चेष्टर युनाइटेडले टोटेनहमलाई ३ – १ गोल अन्तरले हरायो
भर्खरै

म्यान्चेष्टर युनाइटेडले टोटेनहमलाई ३ – १ गोल अन्तरले हरायो

  • सिधा दृष्टी सोमवार, चैत्र ३०, २०७७ | April 12, 2021

एजेन्सी । जारी इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर युनाइटेडले टोटेनहमलाई पराजित गरेको छ ।

आइतबार राति भएको खेलमा घरेलु टोली टोटेनहमलाई हराउने क्रम्मा युनाइटेडले ३–१ गोलको सहज जित हात पारेको हो ।

पहिलो हाफमा १–० ले पछि परेको अवस्थामा उल्टाउँदै युनाइटेडले पुनरागमन जित निकाल्यो । खेलको ४०औँ मिनेटमा सन ह्युङ मिनले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाए ।

५७औँ मिनेटमा युनाइटेडका लागि फ्रेडले गोल गर्दै खेल बराबरीमा ल्याए । इडिन्सन काभानीले ७९औँ मिनेटमा युनाइटेडलाई अग्रता दिलाए । इन्जुरी समयमा मासन ग्रिनउडको

प्रहार गोलमा परिणत भएपछि युनाइटेड ३–१ ले विजयी बन्यो ।

जितसंगै दोस्रो स्थानको युनाइटेडको ६३ अंक भएको छ । टोटेनहम ४९ अंकसहित सातौं स्थानमा छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय