बुधबार, अशोज १७, २०८० | Wednesday 4th October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • भारतमा एकै दिन पुष्टि भए हाल सम्मकै धेरै कोरोना संक्रमित
भर्खरै

भारतमा एकै दिन पुष्टि भए हाल सम्मकै धेरै कोरोना संक्रमित

  • सिधा दृष्टी सोमवार, चैत्र ३०, २०७७ | April 12, 2021
Coronavirus on scientific background

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा कोरोना महामारी सुरु भए यताकै सर्वाधिक कोरोना संक्रमित पुष्टि भएका छन् । भारतमा पछिल्ला केही दिन यता कोरोना संक्रमण पुष्टि हुनेको संख्याले दैनिक रेकर्ड राख्ने क्र्ममा एकै दिन ‍१ लाख ६९ हजार ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

यसअघि गत आइतबार मात्रै भारतमा दोस्रो धेरै १ लाख ५२ हजार ८७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।पछिल्लो थपिएको संख्यासंगै भारतमा कोरोना संक्रमितको संख्या १ करोड ३५ लाख २५ हजार ३६४

पुगेको छ ।

हाल सम्म भारतमा १ करोड २१ लाख ५३ हजार ६९९ जना कोरोना संक्रमण मुक्त भएका छन् भनेअब सक्रिय कोरोना संक्रमितको संख्या १२ लाख १ हजार ४५६ रहेको छ ।

भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ६९ हजार ८९९ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ९ सय ४ जनाको मृत्यु भएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय