मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • युएईबाट पहिलो पटक अन्तरिक्षमा महिला पठाइँदै, दुई यात्रीको नाम घोषणा
भर्खरै

युएईबाट पहिलो पटक अन्तरिक्षमा महिला पठाइँदै, दुई यात्रीको नाम घोषणा

  • सिधा दृष्टी आइतवार, चैत्र २९, २०७७ | April 11, 2021

संयुक्त अरब इमिरेट्सले दुई जना अन्तरिक्ष यात्रीको नाम शनिबार घोषणा गरेको छ । यस अन्तरिक्ष कार्यक्रममा एक महिलाको नाम पनि समावेश गरिएको छ ।

दुबईका शासक शेख मोहम्मद बिन रशिद अल मक्तोमले ट्वीटर मार्फत दुई अन्तरिक्ष यात्रीको नाम घोषणा गरेका हुन् । घोषणा गरिएका नामहरुमा नोउरा अल-माट्रोसी महिला हुन् भने मोहम्मद अल-मुल्ला पुरुष हुन् ।

सन् १९९३ मा जन्मिएकी अल-माट्रोसी अबुधाबीस्थित नेसनल पेट्रोलियम कन्स्ट्रक्सन कम्पनीमा इन्जिनियर पदमा कार्यरत छन् । युएईका चार हजारभन्दा बढी आवेदकबाट दुई जना छनौट

गरिएको अधिकारीहरुले बताएका एएफपीले जनाएको छ । उनीहरु दुवैलाई अमेरिकाको टेक्सासस्थित नासाको जोन्सन स्पेस सेन्टरमा तालिम लिन पठाइने बताइएको छ ।

यदि अल–माट्रोसी अन्तरिक्ष अभियानमा सफल भएमा उनी अन्तरिक्ष पुग्ने पहिलो अरबी महिला बन्नेछिन् ।

यसअघि इरानी-अमेरिकी महिला अनुशेह रैसायानले झण्डै २ करोड डलर तिरेर पर्यटकको रुपमा सन् २००६ मा अन्तरिक्ष यात्रा गरेकी थिइन् ।

अन्तरिक्ष यात्रा गर्ने पहिलो अरब मुस्लिमको रेकर्ड भने साउदी अरबका राजकुमार सुल्तान बिन सल्मानले बनाएका छन् । उनले सन् १९८५ मा डिस्कभरी यानबाट अन्तरिक्ष यात्रा गरेका थिए ।

सन् २०१९ मा युएईका मेजर हज्जा अल-मन्सूरीले पहिलो पटक अन्तरिक्ष यात्रा गरेका थिए । उनी अन्तरिक्ष केन्द्रमा आठ दिन रहेका एएफपीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय