सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • जनस्वास्थ्यका मापदण्ड पूर्ण प्रयोग गर्न स्वास्थ्य मन्त्रालयको आग्रह
भर्खरै

जनस्वास्थ्यका मापदण्ड पूर्ण प्रयोग गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

  • सिधा दृष्टी आइतवार, चैत्र २९, २०७७ | April 11, 2021

आइतबार ३६७ जनामा कोभिड-१९

पछिल्लो २४ घण्टामा नेपालमा ३६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उक्त अवधिमा तीन हजार १२५ मा पिसीआर परीक्षण र ६९० मा एन्टिजेन परीक्षण भएको र पिसीआर विधिबाट परीक्षण गरिएका ३०३ अनि एन्टिजेन परीक्षण गरिएका ६४ गरी ३६७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मनत्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आइतबार उपत्यकामा मात्रै १५४ मा सङ्क्रमण देखिएको छ ।

यस्तै, आज १४१ जना सङ्क्रमणमुक्त भएर

घर फर्किएका छन् भने सङ्क्रमणबाट मुक्त हुने दर ९७.९ प्रतिशत छ । यतिबेला मुलुकभरि आइसोलेशनमा रहेका ८९ मध्ये १५ जना भेन्टिलेटरमा छन् ।

बिहीबारदेखि आजसम्म १४ हजार ७३४ पिसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । जसमा एक हजार २६० मा सङ्क्रमण पुष्टि भएको छ । उक्त अवधिमा ४९८ सङ्क्रमण मुक्त भएर घर फर्किएका छन् । आज सक्रिय सङ्क्रमितको सङ्ख्या २,९६१ छ ।

सङ्क्रमण बढ्दो क्रममा रहेकाले जनस्वास्थ्यका मापदण्ड पूर्ण प्रयोग गर्न मन्त्रालयद्वारा अनुरोध गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय