मङ्लबार, अशोज १६, २०८० | Tuesday 3rd October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • भकुण्डे चौरमा अनाधिृकत रुपमा संरचना नबनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्देशन्
भर्खरै

भकुण्डे चौरमा अनाधिृकत रुपमा संरचना नबनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्देशन्

  • सिधा दृष्टी आइतवार, चैत्र २९, २०७७ | April 11, 2021

काठमाडौं । चन्द्रागिरि नगरपालि ८ स्थित भकुण्डे चौरमा अनाधिकृत रुपमा भौतिक संरचना नबनाउन भन्दै नगरपालिका र प्रहरी वृतका नाममा जिल्ला प्रशासन कार्यालय काठमाडौंले पत्र पठाएको छ । प्रशासन कार्यालयले चन्द्रागिरि नगरपालिका र महानगरीय प्रहरी वृत थानकोटलाई पत्र पठाउँदै भकुण्डे चउरमा अनाधिकृत रुपमा कुनै पनि भौतिक संरचना बनाउने कार्य रोक्न आग्रह गरेको हो ।
साथै अनाधिकृत रुपमा सार्वजनिक स्थलमा प्रक्रिया नपुराइ कुनै पनि संरचना नबानाउन र भुकुण्डे चउरमा निर्माण भैरहेको संरचना तत्काल रोक्न प्रशासनले निर्देशन पनि दिएको छ ।

class="aligncenter wp-image-9531 " src="http://sidhadrishti.com/wp-content/uploads/2021/04/172207892_797556041137934_3065798567594979242_n.jpg" alt="" width="879" height="1276" />


जग्गा प्रशासन निर्देशिका २०५८ को दफा ८१ को उपदफा २ को खण्ड ग मा सरकारी तथा सार्वजनिक जग्गा संरक्षण गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यालयलाई दिएको छ ।

 

कुनै पनि सरकारी स्वामित्वको जग्गामा भौतिक संरचना निर्माण कार्य गर्न स्थानीय सरकारको सिफारिसमा मन्त्रीस्तरीय क्याबिनेट बैठकबाट अनुमोदन र पास गर्ने निर्णय पश्चात् मात्र भौतिक संरचना निर्माण गर्ने कानुनी व्यवस्था रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय