बिहिबार, अशोज ११, २०८० | Thursday 28th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • टीकटक बनाउँदा कर्णालीमा हामफाल्दा एक युवा बेवत्ता
भर्खरै

टीकटक बनाउँदा कर्णालीमा हामफाल्दा एक युवा बेवत्ता

  • सिधा दृष्टी आइतवार, चैत्र २९, २०७७ | April 11, 2021

कैलाली । कैलालीको कर्णाली पुलबाट टिकटक बनाउन तीन जनाले हाम फाल्दा एक जना बेपत्ता भएका छन् । शनिबार दिउँसो तीन जनाले नदीमा हाम फालेका थिए ।

ती मध्ये लम्कीचुहा नगरपालिका वडा नम्बर २ का १८ वर्षीय सञ्जय खड्का कर्णाली नदीमा बेपत्ता भएका हुन् ।
उनीसँगै नदीमा हाम फालेका लम्कीचुहा नगरपालिका वडा नम्बर १ का १८ वर्षीय लोकेश प्याकुरेल र १७ वर्षीय वीरेन्द्र सिंहलाई सकुशल उद्दार गरिएको छ ।

प्याकुरेल घाइते भएका छन् । उनको नेपालगञ्जमा उपचार भइरहेको जिल्ला प्रहरी

कार्यालय कैलालीले जानकारी दिएको छ । उनीहरू तिनै जना कक्षा १० मा अध्यनरत छन् ।टिकटक बनाउन भन्दै नदीमा हाम फालेको इलाका प्रहरी कार्यालय लम्कीमा प्रमुख प्रहरी निरीक्षक भरत शाहले जानकारी दिए । बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय