काठमाडौं । नेपाली काँग्रेसका पूर्वमहामन्त्री तथा पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले केपी ओली नेतृत्वको सरकारले जनतालाइ झुक्याउने काम गरेको आरोप लगाउनु भएको छ । नेपाल दलित संघले आयोजना गरेको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै पूर्वमहामन्त्री सिंहले सर्वोच्च अदालतको आदेशमा संसद पुर्नस्थापित भएपछि पनि प्रधानमन्त्री ओलीले संसदलाई कमजोर पारि संसदीय व्यवस्था नै गलत रहेको स्थापित गराउन अग्रसर रहेको ओराप लगाउनु भएको हो । संसद विघटन गरी असवैधानिक कदम चालेका ओलीले संसदलाई छल्दै आफूले चालेको कदम सही थियो भन्ने स्थापित गर्न खाजेको
सिंहको भनाइ छ ।
पूर्वमहामन्त्री सिंहले आफूले नगरेको विकास पनि गरेको भन्दै ओली सरकारले जनतालाई झुक्काउने काम गरिरहेको बताउनु भयो । साथै ओली सरकारले जनताको मत र विश्वास माथि खेलवाड गरिरहेको पनि उहांले आरोप लगाउनु भयो । मुखमा रामराम बगलिमा छुरा भने जस्तै कम्युनिष्टहरुले मुखले धेरै काम गरेको भन्ने तर बास्तविकतामा काम नगर्ने गरेको सिंहको आरोप छ । व्यवहार देखाउने गरेको
उहाँले भन्नू भयोुयो सरकारले देश र जनतालाई झुक्याइरहेको छ ।
उहाले देशलाई संकट पर्दा नेपाली काँग्रेस सधैं देश र जनताको हितमा का गर्ने गरेको भन्दै अहिलेको अवस्थामा मुलुकलाई निकास दिलाउन पनि काँग्रेसको नेतृत्वको सरकार निर्माणको प्रयास भइरहेको जानकारी दिनु भयो । उहांले काँग्रेस नेतृत्वको सरकार रहर नभएर मुलुकलाई निकास दिन बाध्यतात्मक परिस्थिति का कारण भएको दाबी गर्नु भयो ।
सन्तनेता किसुनजीको सपना र योजनामा मेलम्चीको पानी काठमाडौं ल्याउन सुरुवात भएको कुरा दुनियाँलाई जानकारी भएपनि ओलीइ सरकारलाई किसुनजीलाई सम्मान गर्नु भन्दा पनि आफैंले मेलम्चीको पानी काठमाडौं ल्याउनको जस्तो फुर्ति लगाउँदै हिडेको पूर्वमहामन्त्री सिंहले आरोप लगाउनु भयो ।