काठमाडौं । चौथो “किसिपिडी सांस्कृतिक तथा धिमे प्रर्दशन कार्यक्रम २०७७” कार्यक्रम सम्पन्न भएको छ । किसिपिडी युथ क्लबको आयोजनामा काठमाडौंको चन्द्रागिरि नगरपालिका वाड नम्बर ५ स्थिति लाछिटोल, किसिपिडीमा कार्यक्रम गरिएको हो ।
स्थानीय कला संस्कृतिको संरक्षणको लागि क्लबले नयां वर्षको अवसर पारेर बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा विभिन्न कलासस्कृति, नृत्य प्रर्दशन गर्नुका साथै स्थानीय धिमे प्रर्दशन गरिएको आयोजकले जानकारी
दिएको छ । कार्यक्रममा बोल्दै चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरिले नगरक्षेत्रभित्रका कलासंस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिदैं नगरपालिकाको तर्फबाट र आफ्नो व्यक्तिगत तर्फबाट सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा जनप्रतिनिधि, कलाकार, समाजसेवी, राजनीतिक दलसम्बद्ध व्यक्तिहरु, सुरक्षा निकायका उच्चपदस्थ व्यक्तिहरुको उपस्थिति रहेको थियो ।