सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • जापानी प्रधानमन्त्री योशीहिदाले यसै महिना भारत र फिलिपन्सको भ्रमण गर्दैै
भर्खरै

जापानी प्रधानमन्त्री योशीहिदाले यसै महिना भारत र फिलिपन्सको भ्रमण गर्दैै

  • सिधा दृष्टी आइतवार, चैत्र २९, २०७७ | April 11, 2021

नयाँ दिल्ली । जापानी प्रधानमन्त्री योशीहिदा सुगा यसै महिनाको अन्त्यमा भारत र फिलिपिन्सको भ्रमण गर्ने भएका छन् ।

दक्षिण र पूर्वी चीनको समुद्रमा चीनको बढ्दो विबादका बीच स्वतन्त्र र खुला इण्डो–प्रशान्त क्षेत्रलाई बढावा दिन उक्त भ्रमण हुन लागेको बताइएको छ ।

जापानी प्रधानमन्त्री सुगाको भारत र फिलिपिन्सको भ्रमण पूर्वनिर्धारित अमेरिका भ्रमणपछि हुने सम्भावना रहेको जापानी संचार संस्था एनएचकेले जनाएको छ ।जापानले एशिया–प्रशान्त क्षेत्रीय देशहरूसँग सुरक्षा सहयोग अभिवृद्धि गर्न कोशिस गरिरहेक बेला हाल दक्षिण र पूर्वी चीनको समुद्रमा चीनसंगको विबाद बढीरहेको

छ ।

हालै २०० भन्दा बढी चिनियाँ जहाजहरूले फिलिपिन्सले पनि दाबी गरिरहेको दक्षिण चीन सागरमा पठाएपछि चीनको सम्बन्ध फिलिपिन्ससंग पनि बिग्रेको छ ।

एसिया–प्रशान्त क्षेत्रको दक्षिण चीन र पूर्वी चीन समुद्री क्षेत्रहरूमा चीनसंग ब्रुनाई, जापान, मलेसिया, फिलिपिन्स, ताइवान, र भियतनामसंग पनि बिबाद छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय