शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • भारतमा एकै दिन थपिए १ लाख ५२ हजार ६ सय ८२ कोरोना संक्रमित , संक्रमणको दरमा नयां रेकर्ड
भर्खरै

भारतमा एकै दिन थपिए १ लाख ५२ हजार ६ सय ८२ कोरोना संक्रमित , संक्रमणको दरमा नयां रेकर्ड

  • सिधा दृष्टी आइतवार, चैत्र २९, २०७७ | April 11, 2021
Coronavirus on scientific background

काठमाडौँ । छिमेकी देश भारतमा कोरोना संक्रमणको दरले लगातार रेकर्ड कायम गरेको छ । दैनिक रेकर्ड कायम गर्दै गएको संक्रमणले भारतमा पछिल्लो २४ घण्टामा ‍१ लाख ५२ हजार ६ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

२४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या भारतमा अहिलेसम्मकै धेरै हो । यसअघि शनिवार मात्रै भारतमा दोस्रो धेरै १ लाख ४४ हजार ८ सय २९ जनामा संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो पटक थपिएको संख्यासंगै भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या १

करोड ३३ लाख ५५ हजार ४ सय ६५ पुगेको छ ।

भारतमा हालसम्म १ करोड २० लाख ७८ हजार ३ सय ३३ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या ११ लाख ७ हजार ८ सय २७ रहेको छ ।

यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६९ हजार ३ सय ५ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ८३८ जनाको मृत्यु भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय