शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • सीसीएमसी बैठक : विद्यालय बन्द गर्ने प्रस्तावमा छलफल
भर्खरै

सीसीएमसी बैठक : विद्यालय बन्द गर्ने प्रस्तावमा छलफल

  • सिधा दृष्टी शनिबार, चैत्र २८, २०७७ | April 10, 2021

 

 काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा तीन साता विद्यालय तथा कलेजहरु बन्द गर्ने विषयमा छलफल भएको छ । तर मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने–नलैजाने तय भइनसकेको सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

कोरोना संक्रमणको दोस्रो लहर बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जनाभन्दा बढी भेला हुन सभा सम्मेलन तथा कार्यक्रमहरु रोक्न सिफारिस गरेको छ ।

सीसीएमसीको

शनिबार बसेको बैठकमा यसबारे छलफल भएको मन्त्री गुरुङले बताए । ‘विद्यालय तथा कलेजहरुले भौतिकको साटो अनलाइन कक्षा चलाउने विषयमा छलफल चलेको छ,’ बैठकपछि उनले अनलाइनखबरसँग भने, ‘मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने नलैजाने निर्णय भइसकेको छैन ।’

पछिल्लो समय कोभिड–१९ संक्रमण बढेको र नयाँ भेरियन्ट समेत देखा परेको भन्दै सीसीएमसी बैठकले सतर्कता अपनाउन सबैलाई अपिल पनि गरेको छ ।

बैठकले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)लाई अझ बढी सक्रिय बनाउने निर्णय पनि गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव खगराज बरालले जानकारी दिए ।

सीमा नाकाहरुमा सञ्चालनमा आएका हेल्थ डेस्कहरुलाई थप प्रभावकारी बनाउने, एन्टिजेन टेष्टलाई बढाउने, कोभिड संक्रमण भई लक्षण देखा परेका बिरामीलाई अस्पताल भर्ना गर्ने र लक्षण नदेखिएकालाई क्वारेन्टिनमा राख्ने काम गर्ने निर्णय भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय