• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Senjal1
आइतवार, बैशाख २६, २०७८ | Sunday 9th May 2021
जोडिनुहोस
Engineering4
Trending
Real Shoes4
Era1
  • गृहपृष्‍ठ
  • भर्खरै
  • फोर्ब्सको अर्बपतिको सूचिमा नौ जना क्रिप्टोकरेन्सी अर्बपतिहरु समावेश
भर्खरै

फोर्ब्सको अर्बपतिको सूचिमा नौ जना क्रिप्टोकरेन्सी अर्बपतिहरु समावेश

  • सिधा दृष्टी शनिबार, चैत्र २८, २०७७ | April 10, 2021
yoho2

एजेन्सी । एक वर्षयता विश्वव्यापीरुपमा बढ्दै गएको क्रिप्टोकरेन्सीको बजारले सन् २०२० मा ९ जना नयाँ डलर अर्बपतिहरु थप गरेको छ ।

सन् २०२० को मार्च महिनाको दुई दिनसम्म उच्चतम गिरावट आएर ४ हजारभन्दा तल झरेकोमा डिसेम्बर ३१ मा आइपुग्दा सबैभन्दा महँगो क्रिप्टो करेन्सीको मूल्य २९ हजार डलर पुगेको थियो । यसले उच्च जोखिम मोल्न चाहने लगानीकर्ताहरुका लागि मनग्गे आम्दानी भएको थियो ।

विश्वका लगानीकर्ताहरु तथा व्यवसायहरुको तर्फबाट लगातार आलोचनाको सिकार भैरहँदा पनि क्रिप्टोकरेन्सीको लोकप्रियता र मूल्य उकालो लागिरहेको छ, र

Real Shoes 1

सन् २०२० मा यसले ९ जना क्रिप्टो बिलेनियर उत्पादन गर्‍यो । अर्थात् फोर्ब्सले हालै सार्वजनिक गरेको विश्वका अर्बपतिहरुको वार्षिक सूचीमा १२ जना क्रिप्प्टो अर्बपति छन् र त्यसमध्ये ९ जना सन् २०२० मै क्रिप्टोकरेन्सीको भाउ बढेका कारण अर्बपति बनेका हुन् ।

विश्वका ती एक दर्जन क्रिप्टोकरेन्सी अर्बपतिहरुमध्ये सर्वाधिक धनीचाहिँ ट्रेडिङ कम्पनी अलामेडा रिसर्च तथा डेरिभेटिभ एक्सचेन्ज कम्पनी एफटिएक्सका साम ब्यांकम्यान फ्राएड हुन् । उनको कूल सम्पत्ति ८ अर्ब ७० करोड डलर छ ।

दोश्रो स्थानमा क्वाइनबेसका सीईओ तथा संस्थापक ब्रायन आर्मस्ट्रंग रहेका छन् । उनको कूल सम्पत्ति साढे ६ अर्ब छ । तेश्रो स्थानमा रिप्पलका सहसस्थापक क्रिस लार्सेन ३ अर्ब ४० करोड डलरसहित रहेका छन् ।

विश्वको क्रिप्टो करेन्सीको बजार पहिलो पटक २ ट्रिलियन डलर नाघेकै दिन फोर्ब्सको उक्त सूचि सार्वजनिक भएको हो । गत जनवरीमा क्रिप्टोकरेन्सीको कूल मूल्य १ ट्रिलियन डलर थियो ।

मार्केट क्यापको आधारमा बिटक्वाइन १।०६ ट्रिलियन डलरसहित पहिलो स्थानमा छ भने त्यसपछि इथेरियम, बाइनान्सस क्वाइन, एक्सआरपी तथा टेथरलगायतका रहेका छन् ।

Second2
Heavenly1
Bagini4
Kuhiro3

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
भर्खरै
कोरोना सङ्क्रमण तीव्र रुपमा बढेपछि ६३ जिल्लामा निषेधाज्ञा जारी

कोरोना सङ्क्रमण तीव्र रुपमा बढेपछि ६३ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । गृह मन्त्रालयको विवरणअनुसार आज अपराह्न ४ बजेसम्म ५३ जिल्लामा जिल्लाभर र १० जिल्लामा प्रभावित क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।

बाँके, सुर्खेत, काठमाडौँ, ललितपुर,

  • ५ घन्टा अघि
हिपत खबर
भर्खरै
कोरोना रोकथाम र नियन्त्रणमा युद्धस्तरमा लाग्ने मन्त्रिपरिषदको निर्णय

रकारले सम्भव भएसम्म कोरोना रोकथाम तथा नियन्त्रणमा राज्यका अधिकतम् स्रोत साधन परिचालन गर्ने निर्णय गरेको छ । साँझ बसेको मन्त्रिपरिषद बैठकले कोरोना रोकथाम र नियन्त्रण गर्न राज्यका स्रोत साधन र संयन्त्रहरु प्रभावकारी ढंगले परिचालन गर्ने निर्णय

  • ५ घन्टा अघि
हिपत खबर
भर्खरै
चेपाङ किसानले लगाएको मकैवालीमा फौजी किराको आतंक

धादिङको बेनिघाटरोराङ गाउपालिकाका किसानले लगाएको मकैबालीमा अमेरिकन फौजी किराको संक्रमण फैलिएको छ । फौजी किराले मकैको बोट नाश गरेको किसानहरुले बताएका छन् ।

गाउपालिकाको वडा नं ८ को राक्सिराङ, जिर्वाङ, यार्वाङ, साचक, गोठीभन्ज्याङ, वडा नं ९

  • ६ घन्टा अघि
हिपत खबर
भर्खरै
बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक बालुवाटारमा जारी छ ।

सोमबार र बिहीबार मन्त्रिपरिषदको नियमित बैठक हुने भए पनि प्रधानमन्त्री ओलीले आज आकस्मिक बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिन प्रतिनिधिसभा अधिवेशन आह्वान

  • ७ घन्टा अघि
हिपत खबर
भर्खरै
शनिबार ३३ सय बढि संक्रमित कोरोना मुक्त : ८४१८ संक्रमित थपिए

देशभर थप ८ हजार ४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार देशभर १७ हजार ३१५ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार २८७ जना र ९८९ जनाको एन्टिजेन परीक्षण गर्दा १३१जना गरी कुल ८ हजार

  • ८ घन्टा अघि
हिपत खबर
भर्खरै
कोरोना महामारीमा चन्द्रागिरी नगरप्रमुख गिरीको उदाहरणीय काम

काठमाडौं । चन्द्रागिरि नगरपालिका नगरप्रमुख घनश्याम गिरीले उदाहरणीय काम गरेका छन् । नगरप्रमुख गिरीले नगरपालिका भित्र उपलब्ध अक्सिजन सिलिण्डर संकलन गर्न आफैं खटिएर उदाहरण प्रस्तुत गरेका छन् । नेपाल अटो मेकानिक व्ववसायी संघको सहकार्यमा नगरप्रमुख गिरीले

  • ८ घन्टा अघि
हिपत खबर
भर्खरै
१९ सय पर्ने अक्सिमिटर ३५ सय भन्दा बढीमा बिक्रि गर्ने प्रहरीको फन्दामा

जिल्ला प्रहरी कार्यालय पर्साले अक्सिमिटर कालोबजारी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

पर्सा वीरगन्ज महानगरपालिका-१६ नगवाका ३२ वर्षीय रामहरि तिवारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसएसपी

  • १0 घन्टा अघि
हिपत खबर
भर्खरै
निषेधाज्ञा लगाउने जिल्लाको संख्या ६२ पुग्यो (सूचीसहित)

काठमाडौँ । कोरोनाको दोस्रो लहर रोक्नको लागि सरकारले ५१ जिल्लामा पूर्ण र ११ आंशिक रुपमा ६२ जिल्लामा निषेधाज्ञाको घोषणा गरिएको छ । यो सँगै आजसम्म ६२ जिल्लामा निषेधाज्ञा आदेश जारी भएको छ ।
तर, कोरोना

  • १0 घन्टा अघि
हिपत खबर
भर्खरै
चीनमा तडकभडकयुक्त जीवनशैली अपनाउने कम्युनिष्ट पार्टीका नेतामाथि कारबाही

भ्रष्टाचार नियन्त्रणसम्बन्धी चीनको सर्वोच्च निकायले भड्काउ एवं सुखभोगी जीवनशैली अपनाउने चिनियाँ कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामाथि कारबाही गरेको छ । यस वर्षको शुरुदेखि हालसम्म २७० जनामाथि कारबाही गरिएको चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय अनुशासन आयोगले सार्वजनिक गरेको विवरणमा

  • १0 घन्टा अघि
हिपत खबर
भर्खरै
तुलसीपुरमा हेलिप्याड निर्माण

तुलसीपुर आइसोलेसन सेन्टरमा हेलिप्याड निर्माण गरिएको छ ।

जटिल प्रकृतिका कोरोना संक्रमित बिरामीको उपचारमा सहजता ल्याउन अस्वारास्थित तुलसीपुर आइसोलेसन सेन्टरमा हेलिप्याड निर्माण गरिएको तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले जानकारी दिए ।

१९ नम्बर

  • ११ घन्टा अघि