शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • प्रधानमन्त्री ओलीलाई धेरै समय सरकारमा राख्न हुन्न – पूर्वमहामन्त्री सिंह
भर्खरै

प्रधानमन्त्री ओलीलाई धेरै समय सरकारमा राख्न हुन्न – पूर्वमहामन्त्री सिंह

  • सिधा दृष्टी शनिबार, चैत्र २८, २०७७ | April 10, 2021

काठमाडौँ। नेपाली काँग्रेस पूर्वमहामन्त्री तथा पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको विश्वास माथि तात हानेको आरोप लगाएका छन् । ओलीले जनताले दिएको अधिकारको दुरुपयोग गरी जनताको विश्वास माथि ओली सरकारले लात हानेको पूर्वमहामन्त्री सिंहको आरोप छ । शनिवार काठमाडौँको टोखामा भएको शुभकामना आदानप्रदान तथा गणेशमान सिंहको स्मृतिमा निर्माण गरिएको पोखरीको उद्घाटन कार्यक्रममा बोल्दै पूर्वमहामन्त्री सिंहले नैतिकता नभएका प्रधानमन्त्री ओलीलाई धेरै समय सरकारमा राख्न नहुने भन्दै तत्काल ओलीको विकल्प खोज्नुपर्ने बताएका हुन् ।

साथै नेता सिंहले राजनीति ठिक भएका

देशको सामाजिक, आर्थिक लगायत सम्पूर्ण क्षेत्रको विकास हुने भन्दै राजनीति गर्ने नेतामा नैतिकता हुन जरुरी रहेको पनि बताए। तर ओलीमा अलिकति पनि नैतिकता नभएको भन्दै प्रधानमन्त्रीमा बसिरहन दिए आफूहरूको पनि नैतिकतामा प्रश्न उठ्ने बताए।विगतका घटनाले यो सरकार भ्रष्टाचारमा लिप्त भएको पुष्टि भइसकेको भन्दै नेता सिंहले ओली सरकारले भ्रष्टाचारीलाई संरक्षण गरी रहेको बताए। नेता सिंहले सरकार परिवर्तन गर्न काँग्रेस एक्लैको बहुमत नपुग्ने हुँदा ढिला भएको बताउँदै आफूहरूलाई जनताले प्रतिपक्षमा बस्ने अधिकार दिए पनि कम्युनिस्टहरूले देश सञ्चालन गर्न नसकेका कारण सरकार निर्माणमा अग्रसर भएको प्रस्ट पारे।

देश बचाउन, लोकतान्त्रिक मूल्य मान्यता बचाउनको लागी भए पनि अहिले काँग्रेसले प्रभावकारी भूमिका खेल्ने अवस्था आएकाले आफूहरू त्यसमा लागी परेको उनको भनाई छ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय