शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • भारतमा पछिल्लो २४ घण्टामा कोरोनाकाल यताकै धेरै कोरोना संक्रमण पुष्टि
भर्खरै

भारतमा पछिल्लो २४ घण्टामा कोरोनाकाल यताकै धेरै कोरोना संक्रमण पुष्टि

  • सिधा दृष्टी शनिबार, चैत्र २८, २०७७ | April 10, 2021
Coronavirus on scientific background

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा कोरोनाकाल सुरु भए यताकै सर्वाधिक धेरै कोरोना संक्रमित पुष्टि भएका छन् । भारतमा ‍एकै दिन १ लाख ४४ हजार ८ सय २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

यसअघि अघिल्लो दिन मात्रै शुक्रवार भारतमा दोस्रो धेरै १ लाख ३१ हजार ८ सय ९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो थपिएको संख्यासंगै भारतमा कुल कोरोना संक्रमितको संख्या १ करोड ३२ लाख २ हजार ७ सय ८३ पुगेको छ ।

भारतमा

१ करोड १९ लाख ८७ हजार ९ सय ४० जना कोरोना संक्रमण मुक्त भएका छन् भने अब सक्रिय कोरोना संक्रमितको संख्या १० लाख ४६ हजार ३ सय ७६ रहेको छ । यस्तै कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ६८ हजार ४ सय ७६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ थप ७७३ जनाले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय