शुक्रबार, अशोज १२, २०८० | Friday 29th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • २५६५औँ बुद्धजयन्ती विशेष रुपले मनाउने तयारी
भर्खरै

२५६५औँ बुद्धजयन्ती विशेष रुपले मनाउने तयारी

  • सिधा दृष्टी शनिबार, चैत्र २८, २०७७ | April 10, 2021

महामानव गौतमबुद्धको २५६५औँ जन्मजयन्ती विशेष रुपले मनाउने गरी लुम्बिनी विकास कोषले तयारी थालेको छ । विकाष कोषले सामन्य अवस्था रहेमा यस पटकको बुद्धजयन्ती विशेष ढंगले मनाउने गरी तयारी थालेको हो ।

कोरोना संक्रमणको अवस्था फैलिन गएमा भने त्यसको प्रत्यक्ष असर बुद्धजयन्तीलाई पनि पर्ने देखिएको छ । तर सामान्य अवस्थामा भने बुद्धजयन्तीमा विगतमा भन्दा पनि अझ व्यवस्थित र भब्य बनाउने गरी कार्यक्रम बनाइने कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए ।

शाक्यका अनुसार बुद्धजयन्तीको तयारीको लागि कोषको कार्यकारणी बैठकले संस्कृति,

पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालको संयोजकत्वमा ५६५ मूल आयोजक समिती गठन गरिसकेको छ ।

सदस्य सचिव शाक्यले भने, “हामीले सबैको राय सुझाब लिएर २५६५ औं बुद्धजयन्तीलाई मनाउने तयारी थालेका छौं ।”

बुद्धजयन्तीमा स्थानीय सहभागितालाई बढी जोड दिने गरी कार्यक्रम बनाउने बैठकको निश्कर्ष रहेको लुम्बिनी विकास कोषका कार्यकारणी सदस्य श्रीराम यादवले बताए । यादवले भने, ‘बुद्धजन्मस्थल लुम्बिनीका स्थानियहरुको व्यापक सहभागिता रहनेगरी हामीले कार्यक्रम बनाउछौं । बुद्धजयन्तीका हरेक कार्यक्रममा स्थानियहरुको विगतको भन्दा बढी नै सहभागिता रहनेछ ।’

यस बर्षको बुद्ध जयन्ती आगमी जेष्ठ १२ गते परेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय