बुधबार, अशोज १०, २०८० | Wednesday 27th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • कुलेखानी सडकखण्ड मर्मतका लागि एक महिना यातायात बन्द
भर्खरै

कुलेखानी सडकखण्ड मर्मतका लागि एक महिना यातायात बन्द

  • सिधा दृष्टी शुक्रबार, चैत्र २७, २०७७ | April 9, 2021

केही हप्तापछि सिस्नेरी सडकखण्ड पनि बन्द गरिने

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाअन्तर्गत पर्ने कुलेखानीको हेबी फाखेल सडकखण्डको पुनः मर्मतसम्भार गर्नका लागि एक महिना यातायात सेवा बन्द हुने भएको छ ।

भोलि चैत २८ गतेदेखि आगामी वैशाख २८ गतेसम्मको लागि सबै प्रकारका यातायात सेवा बन्द गर्ने निर्णय गरेको वाग्मती प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले शुक्रबार जनाएको छ ।

सो सडकखण्ड कुलेखानीको हेबीदेखि महालक्ष्मी हुँदै फाखेल र काठमाडौं जिल्लाको सिमानामा पर्ने फर्पिङसम्मको सडकको ढलान, ढल निकास र कालोपत्रे गर्ने कार्यका लागि

कुलेखानी हुँदै काठमाडौंतर्फ लाग्ने सबै प्रकारका यातायात सेवालाई बन्द गर्नुपरेको निर्देशनालयका प्रमुख निर्देशक डा. सहदेव भण्डारीले जानकारी दिएका हुन् । राससका अनुसार दक्षिणकाली हुँदै सिस्नेरीतर्फ आउने सडकखण्डमा चाहिँ यातायात सञ्चालनमा रोक नलगाएको भण्डारीले जनाएका छन् ।

निर्देशक भण्डारीका अनुसार सम्बन्धित यातायात व्यवसाय, जिल्ला प्रशासन र भौतिक पूर्वाधार मन्त्रालयका पदाधिकारीको आज बसेको संयुक्त बैठकले भोलि हेबी र फाखेल सडकखण्ड बन्द गर्ने निर्णय गरेको छ । दक्षिणकालीकादेखि सिस्नेरी र कुलेखानीको हेबीसम्म सडकमा ढल निकास र कालोपत्र निर्माण गर्ने प्रयोजनका लागि केही हप्तापछि सिस्नेरी सडकखण्ड पनि बन्द गर्ने सहमति भएको निर्देशनालयले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय