मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • गृहमन्त्री थापालाई कारबाही गर्दै संसद सचिवालयलाई माओवादी केन्द्रको पत्र
भर्खरै

गृहमन्त्री थापालाई कारबाही गर्दै संसद सचिवालयलाई माओवादी केन्द्रको पत्र

  • सिधा दृष्टी शुक्रबार, चैत्र २७, २०७७ | April 9, 2021

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले पार्टीबाट राष्ट्रिय सभा सदस्य भएका गृहमन्त्री रामबहादुर थापालाई कारबाही गर्दै दल त्याग गरेको पत्र संसद सचिवालयलाई पठाएको छ ।

माओवादी केन्द्र संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले थापाले दल परित्याग गरेकाले सांसदबाट कारबाही गरिएको पत्र संसद् सचिवालयलाई पठाएका हुन् ।

कारबाहीसँगै थापाको पद पनि खारेज हुने भएको छ । राष्ट्रिय सभामा माओवादी केन्द्र दलका नेता दिनानाथ शर्माले दलत्याग गरेकाले राजनीतिक दलसम्बन्धी कानुनी व्यवस्थाअनुसार गरिएको जानकारी दिए । ‘निर्वाचित भएको दल त्याग गरी अर्को दलमा

गएकाले कानुनअनुसार सांसदको पद रहँदैन । प्रष्टिकरण सोधिएको थियो तर चित्तबुझ्दो जवाफ भेटिएन । अब दल त्याग गरेर गएपछि यताबाट भएको सांसद पद त रहँदैन नि ’ उनले भने ।संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले दिएको जानकारीअनुसार राष्ट्रिय सभा सदस्य थापाले दल त्याग गरेकाले सांसद पद खारेज गरिदिन भनेर प्रचण्डले शुक्रबार पठाएको पत्र संसद् सचिवालयमा दर्ता भएको छ ।

अहिले राष्ट्रिय सभाको अधिवेशन छैन, त्यसैले थापाको सांसद पद खारेज भएको सूचना संसद् सचिवालयले प्रकाशित गरेपछि थापाको सांसद पद खारेज हुनेछ ।

उक्त प्रक्रिया तत्काल भने अगाडि नबढ्ने भएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना हाल स्पेन भ्रमणमा छन् । उनी स्पेनबाट फर्किएपछि मात्रै थापाको सांसद पद खारेजीको प्रक्रिया अगाडि बढ्नेछ । उनी २०७८ साल वैशाख १ गते मात्रै नेपाल फर्किने कार्यक्रम छ । थापा माओवादी केन्द्र परित्याग गरेर नेकपा एमाले प्रवेश गरेका थिए ।

यस्तै, राष्ट्रियसभाका अर्का सांसद चन्द्रबहादुर खड्कालाई स्पष्टीकरण सोधिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय