पछिल्लो २४ घण्टामा थप २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको संख्या दुई लाख ७९ हजार ३८८ पुगेको छ । बिहिबार ३३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । सङ्क्रमित मध्ये पछिल्लो अपडेट अनुसार २४ घण्टा भित्र १२७ जना डिस्चार्ज भएसँगै निको हुनेको सङ्ख्या दुई लाख ७३ हजार ७३५ पुगेको छ ।
कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३८ रहेको छ भने सक्रिय संक्रमित २ हजार ६१५ रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयको तथ्यांक
अनुसार देशभरका विभिन्न प्रयोगशालाबाट आज ४ हजार ७१ जनाको पीसिआर परिक्षण भएको छ । नेपालमा हालसम्म २३ लाख ६ हजार २४४ हजार जनाको पिसिआर परीक्षण भएको छ ।