डोटीमा यात्रु बस दुर्घटना हुँदा ५ जना घाईते भएका छन् । धनगढीबाट अछामका लागि छुटेको बस डोटीमा दुर्घटनामा भएको हो ।
ना ७ ख ३५७५ नम्बरको बस डोटीको शिखर नगरपालिका वडा नम्बर ६ को अण्यौल भन्ने ठाउँमा दुर्घटनामा परेको हो ।
शुक्रबार बिहान साढे ११ बजेको समयमा ३४ जना यात्रु सवार रहेको बस दुर्घटना हुँदा ५ जना सामान्य घाईते भएका जिल्ला प्रहरी कार्यालय डोटीका सुचना अधिकारी तथा प्रहरी नायब उपरिक्षक ईन्द्र बहादुर मल्लले जानकारी दिए ।
सो ठाउँ समथर भएकाले
थप क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।