शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • आईपीएलको १४औँ संस्करण आजदेखि शुरु
भर्खरै

आईपीएलको १४औँ संस्करण आजदेखि शुरु

  • सिधा दृष्टी शुक्रबार, चैत्र २७, २०७७ | April 9, 2021

कोरोना भाइरसको महामारीको बाबजुद विश्वकै सबैभन्दा लोकप्रिय क्रिकेट लिग ‘इन्डियन प्रीमियर लिग (आइपीएल)’ को चौधौँ संस्करण आज (२७ चैत्र)देखि शुभारम्भ हुँदैछ ।

अहमदावादस्थित विश्वकै सबैभन्दा ठूलो ‘नरेन्द्र मोदी क्रिकेट स्टेडियम’मा हुने उद्घाटन खेल पाँच पटकको विजेता डेफेन्डिङ च्याम्पियन मुम्बइ इन्डियन र एक पटक पनि उपाधि जित्न नसकेको रोयल च्यालेञ्च बैंगलोर बीच हुनेछ ।

मुम्बइको कप्तानी रोहित शर्माले गरेका छन् भने बैंगलोरको कप्तानी भारतीय राष्ट्रिय टीमका कप्तान विराट कोहलीले सम्हालेका छन् ।

भारतमा बढ्दो कोरोना संक्रमणलाई मध्यनजर राख्दै बीसीसीआईले

दर्शकहरुलाई रङ्गशालामा प्रवेशको लागि निषेध गरेको छ । १४औँ संस्करणको आयोजना सम्बन्धमा नै विभिन्न प्रश्न उठको बेलामा बीसीसीआईले यस्तो निर्णय गरेको हो ।

कोरोना महामारीकै कारण यो पटक भारतका ६ शहरमा मुम्बई, अहमदावाद, कोलकोता, चेन्नई, दिल्ली र बैंगलोरमा प्रतियोगिताको आयोजना हुँदैछ ।

आईपीएलको लिग चरणका २० खेल चेन्नइ र मुम्बइमा हुनेछन् । त्यस्तै, अर्को चरणका १६ खेल अहमदावाद र दिल्लीमा आयोजना गरिने छ भने लिगको अन्तिम २० खेल कोलकोता र बैंगलोरमा आयोजना हुने बीसीसीआईले जनाएको छ ।

प्रतियोगिता ५० दिनसम्म चल्नेछ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय